शनिबार, मंसिर ६, २०८२

धनलक्ष्मी स्क्‍वासको उपाधी अरहन्त र कृष्णालाई

शीर्ष वरीयताप्राप्त अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताप्राप्त अमृत थापा मगरलाई सोझो सेटमा हराएर चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएका छन्।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- शीर्ष वरीयताप्राप्त अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताप्राप्त अमृत थापा मगरलाई सोझो सेटमा हराएर चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएका छन्। 

National life

नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा अरहन्तले अमृतलाई ११–४, ११–७ र ११–६ ले हराए। अमृतले तीनै सेटमा सुरुमा अग्रता बनाएपनि अरहन्तबाट एक सेट पनि खोस्न सकेनन्।

दोस्रो सेट सकिएपछि अमृतको मांशपेसीमा खिचाव उत्पन्न भएपछि केही मिनेट खेल रोकिएको पनि थियो। पुरुष एकलमा उपाधि विजेता अरहन्तले ट्रफीसँगै २५ हजार रुपियाँ प्राप्त गरेका छन्। अमृतले १५ हजार रुपियाँमा चित्त बुझाए। सेमिफाइनलमा खेल्ने अमिर ब्लोन र दीपक थापाले दस–दस हजार पुरस्कार पाए।

यसअघि शनिबार नै महिला एकलमा कृष्णा थापा मगर विना ब्लोनलाई ११–७, ११–७ ११–७ ले हराएर च्याम्पियन बनेका छन्। वृष्णा र पुरुष एकलमा उपविजेता अमृत दिदी छन्। विजेता वृष्णाले ट्रफीसहित १८ हजार रुपियाँ तथा विपनाले एघार हजार रुपियाँ पुरस्कार प्राप्त गरिन। यसैगरी, ब्वाइज जनियरमा विकास मगर पहिलो भए। उनले फाइनलमा गोपाल थापालाई ८–११, ११–२, ११–९ र ११–८ ले हराएका हुन। 

विकासले दस हजार र गापालले छ हजार रुपियाँ प्राप्त गरे। महिला  एकलको सेमिफाइनलमा हार्ने भावना सुनुवार र स्वास्थानी श्रेष्ठ तथा ब्वाइजमा अन्तिम चारमा पुग्ने पासाङ लामा र सलिम थापा मगरलाई पनि नगद पुरस्कार दिइएको थियो।

Laxmi sunrise bank
kumari

यसैगरी, भेटरान्स (५० प्लस)मा सुदिप बहादुर सिंहले प्रज्ज्वल प्रधानलाई ११–५, ११–१३, ११–७११–६ ले हराएर उपाधि जिते। सो विधामा दिलिप अधिकारी र धनबहादुर पुन संयुक्तरुपमा तेस्रो भए। पुरुष प्लेटतर्फ प्रयाग जोशी राज महर्जनलाई ११–७, १२–१० र १४–१२ ले हराएर च्याम्पियन बने। सो विधामा कमल शाक्य र जुनिल शाक्य सेमिफाइनलमा पराजित भए। नेपाल स्क्वास तथा र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनलेकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिता भएको हो।

प्रकाशित: Aug 06, 2022| 19:40 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।