बुधबार, कात्तिक १९, २०८२

पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेजका ३२ ढोका खुला गरिए

सप्तकोसी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेपछि ब्यारेजका ३२ ढोका खुला गरिएको छ। पानीको बहाव बढेसँगै ५६ मध्ये ३२ ढोका खुला गरिएको हो।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- सप्तकोसी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेपछि ब्यारेजका ३२ ढोका खुला गरिएको छ।  पानीको बहाव बढेसँगै ५६ मध्ये ३२ ढोका खुला गरिएको हो। 

Kumaribank

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरुपमा बढ्ने अनुमान गरिएको हो । कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ ।

पानीको बहाव २ लाख २३ हजार ७७५ क्युसेक प्रतिसेकेन्ड पुगेपछि दबाब कम गर्न ब्यारेजका थप ढोकाहरु खोल्‍ने क्रम सुरु गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। पानीको बढ्दो बहावका कारण कोसी ब्यारेजका सबै ढोका खोल्दा पनि पानीको ठूलो दबाब ब्यारेजमा पर्ने अनुमान गरिएको छ।

कोसी ब्यारेजले नौ लाख क्युसेक पानीको बहाव धान्‍न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन्। बराह क्षेत्रमा देखिएको पानी कोसी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्‍नसक्ने अनुमान गरिएको छ।

कोसीमा अत्यधिक बहाव हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। यस्तै बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको छ।

Metro Mart

प्रकाशित: Aug 06, 2022| 18:25 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।