मंगलबार, जेठ २६, २०८३

विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

दार्चुला- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

National life

दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको आज उद्घाटन गर्दै माननीय मन्त्रीज्यूले आफ्नो जिल्ला र देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए।

उनले दार्चुला जिल्ला भौगोलिक रूपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसाबले आफू र सिंगो सरकार गम्भीर रहेको बताए।

२०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको बताउँदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। 

उनले साबिक ५ स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको जानकारी दिए।

Shivam cement

यसैगरी उनले दार्चुला र भारतलाई जोड्न महाकाली नदीमा मोटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेको र महाकाली करिडोर निर्माणका लागि नेपाली सेनाले आवश्यक काम गरिरहेकोले यी दुवै काम सम्पन्न भएमा दार्चुला र यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गरे।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य  श्याम भट्ट, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, महाकाली नगर प्रमुख नर सिंह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नेपाली काँग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा, नेकपा(एमाले) का अध्यक्ष प्रेम सिंह धामी, नेकपा(माओवादी केन्द्र) का अध्यक्ष खडक धामीलगायतको उपस्थित रहेको थियो भने वक्ताहरूले २०६३ सालदेखि बन्दरहेको शाखा कार्यालय पुनःसञ्चालन गर्न पहल गरेकोमा मन्त्री बडूलाई धन्यवाद दिएका थिए।

प्रकाशित: Aug 06, 2022| 12:47 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...