बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • भत्केको सडक : जिम्मेवारी पन्छाउन 'हाकिम'को होड, चर्काचर्कीपछि मेयरको चेतावनी

भत्केको सडक : जिम्मेवारी पन्छाउन 'हाकिम'को होड, चर्काचर्कीपछि मेयरको चेतावनी

बुटवल उपमहानगरपालिकाले विकास निर्माणका काममा ढिलासुस्ती भएपछि विभिन्न सरकारी निकायलाई एकै थलोमा राखेर छलफल गरेको छ।
 |  शुक्रबार, साउन २०, २०७९

विनोद परियार

विनोद परियार

शुक्रबार, साउन २०, २०७९

बुटवल- बुटवल उपमहानगरपालिकाले विकास निर्माणका काममा ढिलासुस्ती भएपछि विभिन्न सरकारी निकायलाई एकै थलोमा राखेर छलफल गरेको छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित बुटवलका सरकारी कार्यालयका प्रमुखहरुलाई डाकेर बुटवलको सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे कार्यालय प्रमुखहरुसँग छलफल गरेका हुन्। तर, छलफलमा कार्यालय प्रमुखहरुले एकले अर्कोलाई आरोप प्रत्यारोप लगाएका छन्।

triton college

बुटवलको सिक्सलेन सडक समयमा पूरा नभएपछि जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ। वर्षासँगै बुटवलको सडक खाल्डाखुल्डीले हिँडिसाध्य छैन। यही विषयले चिन्तित तुल्याएपछि नगरप्रमुख पाण्डेले शुक्रबार समस्याको चुरो पत्ता लगाउन छलफल राखेका थिए। तर, कार्यालय प्रमुखहरुले एकले अर्कोलाई आरोप लगाउँदै जिम्मेवारीबाट पन्छिएका छन्।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले विद्युत प्राधिकरणका कारण सडक निर्माण ढिलाई भएको बताए। उनले विद्युत प्राधिकरणले बिजुलीको पोल नहटाएकाले नाली निर्माणमा ढिलाइ भएको तर्क गरे।

मरासिनीले नाली निर्माणमा विद्युत प्राधिकरणलाई दोष थोपरेपछि विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका  प्रमुख सुरेश कुमार महतोले जवाफ दिँदै भने, ‘नाली निर्माण पूरा नहुँदा पोल गाड्न समस्या भएको छ, पहिला त्यो काम हुनासाथ हुन्छ।’

मरासिनीले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनातर्फ नै प्रश्न तेस्याउँदै नाली निर्माण गर्न आग्रह गरे। मरासिनी र महतोको कुरा एक आपसमा बाजिएको मात्रै छैन, गैरजिम्मेवार पनि। महतोले आयोजना तर्फ प्रश्न तेर्स्याएपछि बुटवल-बेलहिया व्यापार मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झाले जवाफ दिने पालो आयो। झाले फेरि भने विद्युत प्राधिकरणले पोल नहटाउँदा नली निर्माण हुन सकेन।

corrent noodles
Metro Mart

घुमाइफिराई यी तीन कार्यालयका बीचमा आरोपप्रत्यारोप चलिरह्यो। समस्याको चुरो पत्ता लगाउन छलफल डाकेका बुटवल उप महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले कार्यालय प्रमुख नै एक आपसमा बाझाबाझ गरेपछि सडकको समस्या समाधान नभएमा आफू सडकमै अनसन बस्ने दिन नआओस भन्दै चेतावनी दिए।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सरकारका लक्ष्य, उदेश्य र योजनाहरु कार्यान्वयनमा लैजाँदै सेवा प्रवाहलाई चुस्त बनाउनका लागि सरकारी कार्यालयबीच समन्वय र सहकार्य जरुरी रहेको बताए।

उनले जनताको दैनिक जीवनमा प्रभाव पार्ने खानेपानी, विद्युत, दुरसञ्चार, सडक डिभिजन र आयोजना कार्यालयहरुबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आग्रह गरे। बुटवलको मुख्य सडक विस्तार तथा मर्मतका लागि गम्भीर रुपमा चासो दिन आयोजना कार्यालय र निर्माण कम्पनीलाई उनले आग्रह गरे।

‘बुटवल उपमहानगरपालिकाको एकल प्रयासले मात्रै बुटवल आर्थिक केन्द्र बन्न सक्दैन, यसका लागि सबै कार्यालयहरुको पनि समान खालको भूमिका आवश्यक हुन्छ,' उनले भने, ‘बुटवलको विकासका काममा सबै सरकारी कार्यालयदेखि अस्पतालसम्मको  सकारात्मक भूमिका आवश्यक पर्छ। त्यसका लागि यहाँहरुले निरन्तर समन्वय र सहकार्य राख्नुस्। बुटवल उपमहानगरपालिकाले कस्ता विषयमा समन्वय र सहकार्य गर्नुपर्छ, त्यसका लागि तत्पर छ।’

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आमजनताको सेवाका लागि खटिने सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरे। उनले जनताको दैनिकीसँग सरोकार राख्ने र अत्यावश्यक सेवा वाहका काममा गम्भीरतापूर्वक काम गर्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सरकारका लक्ष्य, उदेश्य र योजनाहरु कार्यान्वयनमा लैजाँदै सेवा प्रवाहलाई चुस्त बनाउनका लागि सरकारी कार्यालयबीच समन्वय र सहकार्य जरुरी रहेको बताए।

छलफलमा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी, दुरसञ्चार कार्यालय बुटवलका प्रमुख नेत्रनारायण खनाल, बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगन्द्र सिंह थापा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, जनताको तटबन्ध कार्यालय फिल्ड कार्यालय बुटवलका इश्वरी प्रसाद तिवारी, मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल,  हेभी इक्युपमेन्ट डिभिजन कार्यालय बुटवलका मेकानिकल इन्जिनियर नविन घिमिरेको सहभागी थिए। यसअघि बुटवल उपमहानगरका नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष सहितको टोली सडक डिभिजन, खानेपानी, विद्युत कार्यालयमा डेलिगेसन गएको थियो।

प्रकाशित: Aug 05, 2022| 22:21 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।