शनिबार, मंसिर ६, २०८२

भारतले जित्यो यू-२० साफको उपाधि

भारतको भुवनेश्वरमा शुक्रबार राति सम्पन्न भएको यू-२० साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध जित निकाल्दै भारतले उपाधि उचालेको छ। कालिंगा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा भारतले उपाधि चुमेको हो।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- भारतको भुवनेश्वरमा शुक्रबार राति सम्पन्न भएको यू-२० साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध जित निकाल्दै भारतले उपाधि उचालेको छ। कालिंगा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा भारतले उपाधि चुमेको हो।

National life

प्रतियोगिताको फाइन खेलको निर्धारित ९० मिनेटसम्म २-२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। पहिलो हाफमा १–१ को बराबरी भएको थियो भने ९० मिनेट सकिँदासम्म २–२ को बराबरी भएको थियो। त्यसपछि थपिएको समयमा भारतले तीन गोल थप्दै ५–३ को जितका लागि उपाधि आफ्नो बनाएको हो।

भारतलाई जित दिलाउन गुरकिरत सिंहले ह्याट्रिकसहित चार गोल गरेका थिए। त्यस्तै, हिमान्सु जाङ्ग्राएले पनि एक गोलको योगदान गरे।

यसअघि समूह चरणमा भएको खेलमा भने बंगादेशले भारतलाई हराएको थियो। त्यसैले बंगलादेश अपराजित रहँदै फाइनल पुगेको हो। तर उसले फाइनलमा हार व्यहोर्नुपर्‍यो। 

प्रकाशित: Aug 05, 2022| 22:00 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।