सोमबार, वैशाख २४, २०८१

निर्वाचनअघि नै सम्भव छ गठबन्धनभित्र नयाँ समीकरण!

सत्ता गठबन्धनका दलहरुले आफ्नो पार्टीको लागि सकेसम्म धेरै सिट लिने रणनीति बनाएका छन्। यहीअनुसार दलहरूले आआफ्नो सबल पक्षलाई अघि सार्दै दुर्बल पक्षलाई छोपेर धेरै सिटका लागि बार्गेनिङ गर्ने तयारीमा छन्।
 |  शनिबार, साउन २१, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शनिबार, साउन २१, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ मा गर्ने घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटेका छन्। शुक्रबार मात्र पाँचदलीय सत्तारुढ गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका छन्। बैठकले गठबन्धनमा सिट बाँडफाँडका लागि कार्यदलसमेत बनाइसकेको छ। निर्णयअनुसार कार्यदलले ‘कुन दलले कति सिट लिने’ भनेर टुंगो लगाउने छ। यसको लागि साउन अन्तिम सातासम्मको समयसीमा तोकिएको छ।

triton college

उता निर्वाचन आयोगले शुक्रबार नै दल दर्ताका लागि आह्वान गरेको छ। साउन ३१ सम्म दल दर्ता गरिसक्न भनेको आयोगले चुनावी तालमेल गरेका दुई वा दुईभन्दा बढी दललाई पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्न सक्ने व्यवस्था गरिदिएको छ। तर यो कुरा प्रष्ट रूपमा दल दर्ता गराउँदा नै खुलाउन उसले भनेको छ। शुक्रबारको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने भने पनि चुनाव चिह्नका विषयमा छलफल गरेका छैनन्। गठबन्धनले तालमेलको खाका तयार गर्न कार्यदल पनि गठन गर्ने निर्णय गरेको छ। 

गठबन्धनले बनाएको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की छन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट देव गुरुङ र वर्षमान पुन छन्। यस्तै नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्। 

सत्ता गठबन्धनका दलहरुले आफ्नो पार्टीको लागि सकेसम्म धेरै सिट लिने रणनीति बनाएका छन्। यहीअनुसार दलहरूले आआफ्नो सबल पक्षलाई अघि सार्दै दुर्बल पक्षलाई छोपेर धेरै सिटका लागि बार्गेनिङ गर्ने तयारीमा छन्। स्थानीय चुनावको तालमेल गर्दा कांग्रेसलाई मात्र बढी फाइदा भएको बताउने माओवादी केन्द्र, नेकपा एस र जसपाले सिटका लागि यसपालि मजाले सौदाबाजी गर्ने रणनीति बनाएका छन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसले एक सय सिट नपाए गठबन्धन कसिलो नबन्ने  दाबी गरेका छन्। नेता पौडेलले आफ्नो पार्टीलाई एकसय भन्दा बढी सिट नदिए गठबन्धनलाई कसिलो बनाउन समस्या हुने बताए। ‘नेपाली कांग्रेसको देशभरको भोटको अवस्था र कांग्रेस नेताहरुको व्यवस्थापनका लागि गठबन्धन गर्दा पनि कांग्रेसलाई सय सिट आवश्यक पर्छ,' पौडेलले नेपाल समयसँग भने, 'कांग्रेसले सय सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुन्छ।'

corrent noodles
Metro Mart

प्रकाशित: Aug 06, 2022| 09:57 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...