आइतबार, साउन २४, २०८३

तालमेल गर्ने दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ। तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जानकारी दिएको हो। 

तर यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ। 

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनुपर्नेछ। तर यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिनेछन्। उनीहरुको एउटै संसदीय दल गठन हुनेछ। 

तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्नेछ। सत्ता गठबन्धनका दलले चुनावी तालमेल गर्ने भने पनि हालसम्म एउटै चिह्नमा चुनाव लड्ने निर्णय भने गरेका छैनन्। 

आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समय दिएको छ। 

प्रकाशित: Aug 05, 2022| 19:05 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...