मंगलबार, जेठ २६, २०८३

सहकारीमन्त्री श्रेष्ठ र राजदूत गोडरबीच शिष्टाचार भेटवार्ता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। 

National life

भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध विस्तार भएको छ दशकभन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ हुनुको साथै द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रसमेत विस्तार भएको बताइन्। 

सरकार भूमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायलले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सकिने मन्त्री श्रेष्ठले जोड दिइन्।

भेटमा राजदूत गोडरले नेपालको भूमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै सम्भावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुनसक्ने जानकारी दिए।

प्रकाशित: Aug 05, 2022| 18:40 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...