बुधबार, कात्तिक ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री राउतको बर्खास्ती माग गर्दै मधेश प्रदेश प्रमुखलाई ज्ञापनपत्र

Siddartha premir insuranceSiddartha premir insurance

मुख्यमन्त्री राउतको बर्खास्ती माग गर्दै मधेश प्रदेश प्रमुखलाई ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कमिटीले शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको छ।
 |  शुक्रबार, साउन २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कमिटीले शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको छ। 

triton college

प्रदेश अध्यक्ष मिथलेश यादवको संयोजकत्वमा केन्द्रीय विद्यार्थी नेता रोशन मिश्र तथा प्रदेश स्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष इजाज अन्सारी, सिद्धार्थ चौधरी, लोकतान्त्रिक युवा संघ जिल्ला अध्यक्ष प्रशान्त झा , जिल्ला विद्यार्थी नेता उमेश दास लगायतका जिल्लास्तरीय युवा विद्यार्थी नेताको उपस्थितिमा प्रदेश प्रमुख मिश्रलाई ज्ञापनपत्र बुझाइएको हो। 

मुख्यमन्त्रीको कार्यालयद्वारा सञ्चालित बेटी पढाऊ बेटि बचाऊ कार्यक्रममा अनियमितता भएको सम्बन्धमा यथार्थ छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष यादवले बताए। भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीमण्डल बर्खास्तीको मागसहित ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ।

यस्तो छ ज्ञापनपत्र

माननीय प्रदेश प्रमुख ज्यू,

Metro Mart
vianet

प्रदेश प्रमुखको कार्यालय,मधेस प्रदेश

जनकपुरधाम,धनुषा ।

विषय:- ज्ञापनपत्र 

मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र र मधेसी नागरिकलाई राष्ट्रमा पहिचान, सम्मान र स्वाभिमान स्थापित गर्न हामी युवा विद्यार्थी आफ्नो ज्यान समेतको आहुती दिई आफ्नो त्याग, तपस्या, समर्पण र संघर्ष गरेको कुरा सर्व विदितै छ । त्यसै गरि हाम्रो महान तथा गौरवशाली विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ शौक्षिक क्षेत्रको आमूल परिवर्तन, वैज्ञानिक समाजवादी शिक्षाका लागि निरन्तर संघर्ष, आम विद्यार्थीहरुको हक अधिकार स्थापित गर्न, भ्रष्टाचार निर्मुल गर्न र समाजमा भएका सबैखाले समस्या समाधानको लागि राष्ट्रियता, सुशासन, अधिकार र न्यायको पक्षमा संघर्ष गर्दै आइरहेको छ । हालै हाम्रो यस मधेस प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले मिति २०७९ श्रावण १८ गते प्रेस विज्ञप्ति जारी गरि मधेश प्रदेशको मुख्यमन्त्री बेटि पढाऊ बेटि बचाऊ कार्यक्रममा अनियमितता भएको भनी विषयमा आरोपपत्र दायर गरिएको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

मधेस प्रदेशमा महिलाहरुको आर्थिक, सामाजिक र शौक्षिक अवस्था कम्जोर रहेको सन्दर्भमा छोरीहरुको चौतर्फि ब्यक्तित्व विकास एवम् सशक्तीकरणको लागि उनीहरुको शिक्षामा पहुँच सुनिश्चित गर्दै लोक कल्याणकारी राज्यको भावना अनुरुप लौङ्गिक विभेद मुक्त समाजको स्थापना मार्फत समग्र समाजकै रुपान्तरणको परिकल्पनालाई सार्थक तुल्याउन प्रदेश सरकारबाट " मुख्यमन्त्री बेटि पढाऊ बेटि बचाऊ " अभियान कार्यक्रम उच्च मनोवलका साथ प्रदेशका सामुदायिक बिधालयहरुमा अध्ध्ययनरत्त छात्राहरुलाई सहज ढङ्गले बिधालयमा आओस् भन्ने अभिप्रायले कक्षा आठ (८) मा अध्धयनरत्त छात्राहरूलाई साइकल वितरण कार्यक्रम संचालनमा ल्याइएको छ ।

अख्तियार दुरुपयोग आयोगले मिति २०७८ असोज १३ गते मुख्यमन्त्री कार्यालयबाट यस मधेस प्रदेशको लोकप्रिय कार्यक्रम मध्ये " मुख्यमन्त्री बेटि पढाऊ बेटि बचाऊ " कार्यक्रममा अनियमितता भएको उजुरी पर्न आएकोले छानबिनका लागि लगिएको फाइल र उपलब्ध कागजातहरुको आधारमा यहि मिति २०७९ श्रावण १८ गते करिब १० महिनाको लामो सुक्ष्म अध्धयन र छानबिन पश्चात् मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेस प्रदेश जनकपुरधामबाट साइकल खरिद प्रक्रिया शुरु गर्दा देखि भुक्तानी कार्य गर्दा सम्म मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार/प्रदेश सरकारलाई बदनियतपुर्वक रु १०,३३,००,७५८/- (अक्षरेपी दश करोड तेत्तीस लाख सात सय अन्ठाउन्न रुपैया) हिनामिना एवं हानी नोक्सानी गरेको भनी अख्तियारले पुष्टि गरि सम्मानित अदालतमा मुद्दासमेत दायर गरेको छ । यति मात्र नभई मुख्यमन्त्री कार्यालय द्वारा संचालित स्वच्छता अभियान अन्तर्गत सार्वजनिक जग्गा तथा सामुदायिक बिधालयमा शौचालय निर्माण, पोखरी सौन्दर्यकरण, कोभिड अस्पताल निर्माण, जानकी मन्दिर सौन्दर्यकरण, विमा योजना, मधेस स्वास्थय बिज्ञान प्रतिष्ठान आदि जस्ता कार्यक्रममा पनि अनियमितता भएको भनी हाम्रो ठहर रहेको छ । 

तसर्थ यी सबै कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट संचालनमा रहेको हुँदा यिनमा संलग्न रहेका भ्रष्ट कर्मचारी र यिनलाई संरक्षण दिने नाइके स्वमं यस प्रदेशको मुखिया मुख्यमन्त्री नै रहेको हुँदा नौतिकताको हिसाबले राजिनामा दिई प्रदेशलाई नैतिक आचरणयुक्त प्रदेश निर्माणमा सहयोग गर्नु उनको नैतिक दायित्व हुनु पर्थ्यो तर यस्तो नगरेको कारणले हामी मा. प्रदेश प्रमुख ज्यू कहाँ यस किसिमका भ्रष्टाचारको आरोप सम्मानित अदालतमा दर्ता भईसकेकोले प्रदेशको गरिमालाई बचाउन मुख्यमन्त्री र यीनका मन्त्री मण्डललाई बर्खास्त गर्नुको बिकल्प नरहेकोले हामी बर्खास्तीको जोडदार माँग गर्दछौं ।

यस्ता भ्रष्ट नेता र कर्मचारीलाई समयमै कानुन बमोजिम सजाय नदिए हाम्रो देश श्रीलंका झै बन्न समय लाग्दैन र हामी नेपाली श्रीलंकाका जनता झै सडक र सदन भित्र पसि आन्दोलन गर्न बाध्य नहुनुपरोस भन्न सकिदैन । तसर्थ यस किसिमका अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र यिनका मन्त्री मण्डल लगायत कर्मचारीहरूलाई तुरून्त बर्खास्त गरी प्रदेशको गरीमा जोगाउन हामी मा. प्रदेश प्रमुख सामु हार्दिकताका साथ आग्रह गर्दछौ।अन्यथा जनभावनाको बिपरीत गई प्रदेशको गरीमा माथी ठेस पुग्ने कार्य भएमा हामी बाध्य भएर जनता सामु प्रदेश रक्षाको निम्ति कडा संघर्ष मा उत्रिन बाध्य हुनेछौ भनी यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं ।

धन्यवाद !

मिथलेश यादव

प्रदेश अध्यक्ष 

लोकतान्त्रिक विद्यार्थी संघ,प्रदेश कमिटी

प्रकाशित: Aug 05, 2022| 17:30 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।