सोमबार, असार १, २०८३

गठबन्धनको चुनावी तालमेल संविधान विपरीत : भीम रावल

गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएकोले तालमेल संविधान विपरीत हुने उनको दाबी छ। गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन बनाउने उनको जिकिर छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- नेकपा एमालेका नेता तथा सांसद डा.भीम रावलले सत्ता गठबन्धनका दलले चुनावमा तालमेल गर्नु संविधानविपरीत भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा बोल्दै नेता रावलले यस्तो बताएका हुन्। 

National life

गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएकोले तालमेल संविधान विपरीत हुने उनको दाबी छ। गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन बनाउने उनको जिकिर छ।

‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ती राजनीतिक दलहरुले विपरीत सिद्धान्त हुँदा हुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ। यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ,' नेता रावलले भने। 

चुनावमा जाँदा एमालेले भने समान दर्शन भएका दलसँग मात्र तालमेल गर्ने उनको दाबी छ। यद्यपि गत स्थानीय निर्वाचनमा एमालेले केही स्थानमा राप्रपासँग पनि तालमेल गरेको थियो। राप्रपा संवैधानिक हिन्दू राजतन्त्रात्मक शासन प्रणाली पक्षधर दल हो। 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले आगामी प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने सहमति गरिसकेको छ। बुधबार सरकारले मंसिर ४ गते चुनावको मिति घोषणा गरेको थियो। 

Shivam cement

प्रकाशित: Aug 05, 2022| 16:41 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...