शनिबार, मंसिर ६, २०८२

आजबाट सुरु हुँदै इंग्लिस प्रिमियर लिग, के छन् नयाँ नियम?

इंग्ल्यान्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिग (ईपीएल) आज शुक्रबारबाट सुरु हुँदैछ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– इंग्ल्यान्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिग (ईपीएल) आज शुक्रबारबाट सुरु हुँदैछ। नेपाली समयअनुसार आज राति पौने १ बजे क्रिस्टल प्यालेसको सेलहुर्ट पार्क रंशालामा क्रिस्टल प्यालेस र आर्सनलबीच खेल भएसँगै ३१ औं सिजन सुरु हुन लागेको हो।

National life

यो सिजनको पहिलो खेल यी दुई टिमबीच हुँदा दोस्रो खेल भने शनिबार साँझ सवा ७ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा लिभरपुलले फुलहामको मैदानमा घरेलु टिमविरुद्ध खेल्नेछ।

त्यस्तै, पहिलो हप्ताको तेस्रो खेलमा शनिबार बेलुका नै बर्नमाउथले एस्टन भिल्लासँग खेल्नेछ भने न्युकासलले यो वर्ष प्रिमियर लिगमा बढुवा भएको नटम फरेस्टसँग खेल्नेछ।

त्यस्तै शनिबार बेलुका नै टोटेनहमले साउथह्याम्टनसँग खेल्नेछ भने लिड्स युनाइटेडले घरेलु मैदानमा उल्भसँग प्रतिस्पर्धा गर्नेछ। 

राति सवा १० बजेको खेलमा एभर्टन र चेल्सीले सिजनको पहिलो खेल खेल्दा लेस्टर सिटी र ब्रेन्टफर्डोबीचको खेल शनिबार  साँझ हुनेछ। शनिबार साँझमा नै म्यानचेस्टर युनाइटेड र ब्राइटोन भिड्नेछन्।

Laxmi sunrise bank
kumari

प्रिमियर लिगको साविक विजेता म्याचेस्टर सिटीले अब वेस्टहामसँग आइतबार साँझ सवा ९ बजे खेल्नेछ। अघिल्लो सिजन सिटीले उपाधि जित्दा लिभरपुल एक अंकले पछि परेर उपाधिबाट बञ्चित भएको थियो।

अन्य वर्षको भन्दा यस वर्ष सिजन चाँडै सुरु हुन लागेको हो। यो सिजनमा हरेक टिमले हरेक खेलमा पाँच खेलाडी प्रतिस्थापन गर्न पाउने छन्। सन् २०१९–२० को सिजनमा कोभिडले प्रभाव पारेपछि यो नियम ल्याइएको थियो।

त्यसपघि अन्य लिगले त्यो नियम कायम राखे पनि प्रिमियर लिगले तीनमै झारेको थियो। यो वर्ष पाँच बनाएको छ। त्यस्तै, खेलाडीले रंगभेद विरुद्ध घुँडा टेकेर देखाको ऐक्यबद्धता पनि अब सबै खेलमा लागू नहुने भएको छ। तोकिएको खेलमा मात्र त्यसो गर्नु पर्नेछ।

अब अत्यावश्यक अवस्था बाहेकको अवस्थामा मेडिकल इमरजेन्सीको अवस्थामा खेल नरोकिने भएको छ। यता सहायक रेफ्रीहरुलाई अफसाइडको झण्डा ढिलो गरी उठाउनका लागि निर्देशन दिइएको छ। यो काम विशेषतः त्यो बेलामा हुनेछ जब गोलको तत्कालिन सम्भावना रहन्छ।

त्यस्तै प्रिमियर लिगमा धेरै बलको प्रयोग गरिने भएको छ। जसले बल मैदानबाहिर भएको अवस्थाको खाली समय कम गर्नेछ। अब मैदानमा १० बल हुनेछ। यो सिजनमा नटिङ्घम फरेस्ट २३ वर्षपछि प्रिमियर लिगमा फर्किएको छ। यो टिम सन् १९९९ मा रेलिगेसनमा परेको थियो।

प्रकाशित: Aug 05, 2022| 16:22 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।