आइतबार, साउन २४, २०८३

नेपाल समाजवादीले डाक्यो पहिलो बैठक

केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिन शनिबार बोलाइयो बैठक।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– जसपाबाट निष्कासनमा परेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ। नेपाल समाजवादीले शनिबारका लागि बैठक आह्वान गरेको हो। 

नेपाल समाजवादीले निर्वाचन आयोगमा दल अद्यावधिक गरे पनि अध्यक्षलगायत केन्द्रीय समितिलाई पूर्णता दिन भने बाँकी छ। पार्टी नेता विश्वदीप पाण्डेले काठमाडौंमा शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्ने बताए।

उनका अनुसार केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिन शनिबार बैठक बोलाइएको हो। बैठकमा नेता/कार्यकर्ताको कार्य विभाजनसम्बन्धी निर्णय र आउँदो मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुनेछ।

प्रकाशित: Aug 05, 2022| 15:16 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...