मंगलबार, जेठ २६, २०८३

सय सिट कांग्रेसले नपाए गठबन्धन कसिलो बन्दैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले एक सयभन्दा बढी सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुने बताएका छन्।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले एक सयभन्दा बढी सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुने बताएका छन्। 

National life

निर्वाचन घोषणा भएपछि नेपाल समयसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको देशभरको भोटको अवस्थाले एक सयभन्दा बढी सिटमा उम्मेदवार बनाउनुपर्ने अवस्था रहेको बताए। उनले भने,  ‘नेपाली कांग्रेसको देशभरको भोटको अवस्था र कांग्रेस नेताहरुको व्यवस्थापनका लागि गठबन्धन गर्दा पनि कांग्रेसलाई सय सिट आवश्यक पर्छ। कांग्रेसले सय सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुन्छ।’

पौडेलले सिट बाँडफाँडमा दलहरुका आ–आफ्ना दाबी भए पनि धरातलीय यथार्थमा उभिएर निर्णय गर्नुपर्ने बताए। पौडेलले सिटमा धेरै बार्गेनिङ गरेर उम्मेदवार मात्र बनाउने कि परिणाम निकाल्ने गरी सिट बाँडफाँड गर्ने भनेर प्रश्न पनि गरेका छन्। उनले भने, ‘गठबन्धन परिणाममुखी बनाउने हो कि उमेदवार बनाउन मात्र बार्गेनिङ हो? उमेदवारी दिएर फेरि प्रतिस्पर्धी दललाई बुझाइदिने हो? सिट लिएर जित्न सक्ने गरी सिट लिनुपर्छ।’ 

सिट बाँडफाँडका लागि देशभर भोटको अवस्था, स्थानीय चुनावमा पाएको भोट, २०७४ सालको दलहरुले पाएको भोटलाई पनि आधार बनाइनुपर्ने पौडेलको भनाइ थियो। उनले भने, ‘सिट बाँडफाँड गर्दा धरातलीय यथार्तमा आधारित भएर स्थानीय चुनावमा पाएको भोट, २०७४ सालको दलहरुले पाएको भोटलाई पनि आधार बनाउनुपर्छ।

प्रकाशित: Aug 05, 2022| 12:54 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...