मंगलबार, जेठ २६, २०८३

सिट बाँडफाँडका लागि गठबन्धनले बनाएको कार्यदलमा को–को छन्?

पाँच दलीय सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– पाँच दलीय सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ।

National life

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले तालमेल गरेर जाने निर्णय गरेको हो। बैठकले गठबन्धनमा सिट बाँडफाँडका लागि कार्यदल बनाउने निर्णयसमेत गरेको छ। कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ।

गठबन्धनले बनाएको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन्। यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट देव गुरुङ र वर्षमान पुन छन्।

नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

प्रकाशित: Aug 05, 2022| 12:43 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...