आइतबार, साउन २४, २०८३

पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा पनि निरन्तर

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भएको छ।

सरकारले हिजो बिहीबार चुनावको मिति घोषणा गरेपछि आज बसेको गठबन्धनको बैठकले आगामी चुनावमा पनि तालमेल गरेर अगाढि बढ्ने निर्णय गरेको हो। 

आजको बैठकले भदौ पहिलो साताभित्र तालमेलको काम सम्पन्न गर्ने निर्णय गरेको छ। तालमेलका लागि प्रत्येक दलबाट सहभागी हुने गरी कार्यदल बनाइएको छ। 

यसअघि गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यही गठबनधनले तालमेल गरेको थियो।


प्रकाशित: Aug 05, 2022| 12:30 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...