आइतबार, साउन २४, २०८३

बालुवाटारमा सत्ता गठबन्धन बैठक

सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै गठबन्धनका नेताहरूको बैठक बसेको हो।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ। सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै गठबन्धनका नेताहरूको बैठक बसेको हो।

बैठकमा सत्ता गठबन्धनका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा चुनावी तालमेलका साथै लोसपालाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ।

यसअघि कांग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरे पनि सहयात्री जसपा अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएका थिए। बैठकमा आगामी निर्वाचन, सिट बाँडफाँटमा कसरी अगाडि बढ्ने, गठबन्धनलाई निरन्तरता दिनेलगायत विषयमा छलफल भइरहेको बताइन्छ।

प्रकाशित: Aug 05, 2022| 10:53 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...