मंगलबार, जेठ २६, २०८३

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एकीकृत हुने

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले पार्टी एकता गर्ने भएका छन्।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९
National life
Shivam cement

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले पार्टी एकता गर्ने भएका छन्।

क्रान्तिकारी माओवादीका महासचिव वैद्य र नेकपा बहुमतका संयोजक बास्तोलासहित शुक्रबार भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ। बैठकपछि वैद्य र बास्तोलाले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र  नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।

नेकपा बहुमत केही समय पहिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजन भएर बनेको पार्टी हो। क्रान्तिकारी माओवादी भने तत्कालीन एकीकृत माओवादीबाट अलग भएर बनेको हो। क्रान्तिकारी माओवादी गठनपछि नेत्रविक्रम चन्द विप्वल, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीसिहतका नेताहरू वैद्यसँग छुट्टिएर नयाँ पार्टी गठनमा लागेका थिए। पछि धर्मेन्द्र पनि विप्लवसँग छुट्टिएका हुन्।

प्रकाशित: Aug 05, 2022| 10:25 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...