आइतबार, साउन २४, २०८३

सिट बाँडफाँडको मोडालिटीका लागि कार्यदल बनाउँदै गठबन्धन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणालगत्तै सत्ता गठबन्धनमा सिट बाँडफाँडको तयारी सुरु भएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणालगत्तै सत्ता गठबन्धनमा सिट बाँडफाँडको तयारी सुरु भएको छ।

यसका लागि आज शुक्रबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको छ।

हिजोमात्रै सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको थियो। निर्वाचनको मिति घोषणासँगै गठबन्धनका नेताहरु सिट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुट्न लागेका हुन्।

बुधबार साँझ बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो। ०७४ को चुनावमा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको छ।

सोही मोडालिटीमा टेकेर सिट बाँडफाँडका लागि आज बैठक बस्न लागेको हो। आजको बैठकले यसबारे कार्यदल बनाउने बताइएको छ।
कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँड गर्नेछन्।

गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने समझदारी गरेका छन्। त्यसको गृहकार्य गर्ने जिम्मासमेत कार्यदललाई दिइनेछ।

प्रकाशित: Aug 05, 2022| 08:08 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...