मंगलबार, जेठ २६, २०८३

झापामा ६ मतदानस्थल थपिए, ७ हटाइए

झापामा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि छ वटा मतदानस्थल थप गरिएको छ भने सात वटा हटाइएर २८५ वटा मतदानस्थल कायम गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

झापा- झापामा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि छ वटा मतदानस्थल थप गरिएको छ भने सात वटा हटाइएर २८५ वटा मतदानस्थल कायम गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ। 

National life

कार्यालयका अनुसार घेराबारा नभएका, मतदातालाई अपायक परेका, भवन जीर्ण र प्रयोग गर्न नसकिने अवस्थाका, विद्यालय खारेज भई भवन जीर्ण भएका विगतका मतदानस्थल हटाइएको हो। जसमध्ये तीन वटाका नामसमेत परिवर्तन गरिएको छ। 

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले सिफारिस गरेका आधारमा मतदानस्थल परिवर्तन, नयाँ थप्ने र हटाउने कार्य गरेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए। 

उनका अनुसार समितिले गौरादह नगरपालिकाको अमर माध्यमिक विद्यालयको मतदानस्थललाई हटाएर गौरादह कृषि क्याम्पस, प्रगति मावि ग्वालडुब्बालाई खारेज गरी बैराती माविलाई मतदानस्थल तोकेको छ। 

विर्तामोड नगरपालिकाको विद्युत् प्राधिकरण शाखा कार्यालय विर्ताबजारलाई खारेज गरी पशुपक्षी तथा मत्स्यविकास केन्द्रलाई, अर्जुनधारा नगरपालिको सिंहदेवी प्रावि सेतोपानीलाई खारेज गरी वडा नं १० को कार्यालयलाई, बाह्रदशीको हिमाली बालविकास केन्द्र खारेज गरी डाँगीबारी स्वास्थ्यचौकी र हल्दीबारीको भानु आवि नुनथला खारेज गरी सरस्वती मावि कोचाटोलीलाई मतदानस्थल तोकिएको उनले जानकारी दिए। उनका अनुसार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा भएको समितिले जिल्लाका सबै मतदानस्थलको अनुगमन गरी आगामी निर्वाचनलाई भयरहित, सुरक्षित र व्यवस्थित बनाउनका लागि सो निर्णय गरेको हो।

Shivam cement

प्रकाशित: Aug 05, 2022| 00:10 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...