आइतबार, साउन २४, २०८३

सर्वोच्चमा मुद्दाको चाङ, अब शुक्रबार पनि पूरा समय सुनुवाइ

सर्वोच्च अदालतले अबदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने भएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- सर्वोच्च अदालतले अबदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने भएको छ। बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना-२०७९ लाई कार्यान्वयन गर्न शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने निर्णय  भएको हो।

असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

सर्वोच्चमा २०७९ सालको वैशाख ३० सम्मको तथ्यांकअनुसार ५ वर्ष नाघेका मुद्दाको संख्या ४ हजार ८१९ थान छ। २ वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान छन्। 

प्रकाशित: Aug 04, 2022| 20:31 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...