आइतबार, साउन २४, २०८३

स्वास्थ्य बिमाको दायरा १० लाख बनाउन गगन थापाको ध्यानाकर्षण

नेपाली कांग्रसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमाको दायरा बढाएर १० लाखसम्म बनाउन स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले बिहीबार स्वास्थ्यमन्त्री भवानी खापुङलाई भेटर स्वास्थ्य बिमाको दायरा बढाउन ध्यानकर्षण गराएका हुन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- नेपाली कांग्रसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमाको दायरा बढाएर १० लाखसम्म बनाउन स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले बिहीबार स्वास्थ्यमन्त्री भवानी खापुङलाई भेटर स्वास्थ्य बिमाको दायरा बढाउन ध्यानकर्षण गराएका हुन्। 

उनले आफ्नो ट्विटर ह्यान्डलमार्फत स्वास्थ्यमन्त्रीसँग भेट गरेको जानकारी गराएका हुन्। उनले ट्विटरमा लेखेका छन्, 'स्वास्थ्य बीमाको सन्दर्भमा आज स्वास्थ्य मन्त्रीज्यूलाई भेटेर स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउन, सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति-पूर्वाधार व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन लगायतका विषय राखेको छु। विश्वास छ, मन्त्रीज्यूको सकारात्मक पहल लिनुहुनेछ।'

महामन्त्री गगन थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको थियो। उनीहरुबीच काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ। 

प्रकाशित: Aug 04, 2022| 19:42 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...