शुक्रबार, मंसिर १२, २०८२

निर्वाचन घोषणा छापामार शैलीमा भयो : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गरेको बताएका छन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

बुटवल– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गरेको बताएका छन्।

National life

सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषणामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कुनै छलफल नगरेको भन्दै उनले छापामार शैलीमा मिति घोषणा भएको बताएका हुन्। 

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले निर्वाचन जस्तो महत्त्वपूर्ण विषयमा प्रतिपक्षी दलसँग सल्लाह नगरेकोमा असन्तुष्टि पोखे। उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य छ तर,  प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरी चुनावको मिति घोषणा गरको विषयलाई पार्टीले जनतासमक्ष राख्छ।’

सत्ता पक्षले प्रतिपक्षी दललाई घेराबन्दी गरेको नेम्वाङले बताए। मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत आउने अवस्था नभएको समेत उनले बताए। अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरित दूषित गठबन्धन भएको टिप्पणी उनले गरे।

एम अधिकारी प्रकरण राजनीतिक विषय भएको भन्दै नेम्वाङले सत्ता पक्षले हचुवाको भरमा यो विषय उछालेको दाबी गरे। उनले यस विषयमा छानबिन गरेर कारवाही गर्न चुनौती दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 04, 2022| 18:16 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।