आइतबार, साउन २४, २०८३

सरकारले गर्‍यो ६ सचिवको सरुवा

सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो। जसअनुसार अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। 

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन्। लुम्बिनी प्रदेशको प्रमुख सचिव डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। 

प्रकाशित: Aug 04, 2022| 17:41 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...