आइतबार, साउन २४, २०८३

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल मंसिर २१ सम्म : आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने बताएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने बताएको छ। निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बिहीबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको जानकारी दिए। 

थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए। उनले भने,  ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं।’

प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिने पनि स्पष्ट पारे। उनले भने,  ‘उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मान्नुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ। यसलाई कानुनसम्मत ढंगले कहिँ न कहिँ व्याख्या गरेर अगाडि बढाउनेछौं।’

प्रकाशित: Aug 04, 2022| 17:26 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...