आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गरेको हो। सुवेदी भूराजनीतिक मामिलामा जानकार मानिन्छन्। 

पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न छन्। उनी जलस्रोतका विज्ञ पनि हुन्। उनकै नेतृत्वमा नेपालको सबैभन्दा लामो केबलकारको निर्माण पनि हुँदैछ।

यस्तै, बिहीबार नै प्रधानमन्त्रीको जलविद्युत विज्ञमा माधव कार्कीलाई नियुक्त गरिएको छ। 


प्रकाशित: Aug 04, 2022| 16:45 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...