काठमाडौं– सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित हुने भएको छ। भोलि शुक्रबारदेखि मतदाता नामावली संकलन रोकिने आयोगले जनाएको छ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ। चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ।
सरकारले आजमात्रै आगामी मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघीय संसद् र प्रदेशसभा निर्वाचनको घोषणा गरेको हो। निर्वाचन घोषणासँगै आयोगले आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु गरिने जनाएको छ।