आइतबार, साउन २४, २०८३

चुनावका लागि दल दर्ता आइतबारदेखि

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ।

संविधानको धारा २७१ अनुसार निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ता गर्नुपर्छ। सात वटै प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् भन्ने कुराको निधो भदौ पहिलो हप्ताभित्र गरिसक्ने निर्वाचन आयोगको तयारी छ।

निर्वाचनमा भाग लिन चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ।

सरकारले आजमात्रै संघीय संसद् र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Aug 04, 2022| 14:45 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...