बुधबार, पुस २, २०८२

कैलालीमा विद्यार्थीले गरे विद्यार्थीमाथि चक्कु प्रहार

कैलालीमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। चक्कु प्रहारबाट जिल्लाको गौरीगंगा नगरपालिका-८, बढैपुरका २२ वर्षीय इडेन सुनार घाइते भएका हुन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

धनगढी- कैलालीमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। चक्कु प्रहारबाट जिल्लाको गौरीगंगा नगरपालिका-८, बढैपुरका २२ वर्षीय इडेन सुनार घाइते भएका हुन्। 

National life

उनको दाहिने हातखुट्टा र घाटीमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई बचाउने क्रममा बर्दगोरीया गाउँपालिका-२, बौनियाका अन्दाजी ३० वर्षीय जुद्धबहादुर साउँद घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको छ। 

घोडाघोडी बहुमुखी क्याम्पस सुखडदेखि बसमा घरतर्फ जाँदै गरेका उनलाई घोडाघोडी नगरपालिका–४ डोकेबजारमा चक्कु प्रहार भएको प्रहरीले बताएको छ। 

सोही क्याम्पसमा अध्ययनरत गौरीगंगा नगरपालिका-९, मसुरियास्थित मनकामना ड्राइभिङ्ग सेन्टर नजिक बस्ने अन्दाजी वर्ष २३ का सुनिल आउजी, वडा नम्बर ५ अण्डैया बस्ने अन्दाजी २० वर्षीय पुष्कर भाट लगायत अन्य पहिचान नखुलेका दुई जना मिलेर चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।  

पहिलेदेखिको झगडाको विषयलाई लिएर अचानक सुनिल आउजीले सुनारमाथी चक्कु प्रहार गरेको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

Laxmi sunrise bank
kumari

घाइतेको पोलिक्लीनिक पहलमानपुरमा उपचार भइरहेको र चक्क प्रहार गर्ने फरार रहेको जोशीले बताए। चक्कु प्रहार गर्नेको खोजीकार्यका लागि प्रहरी नायव निरीक्षक गगनबहादुर बोगटीको कमाण्डमा पाँच जनाको प्रहरी टोली खटाइएको उनले बताए।

प्रकाशित: Aug 04, 2022| 08:52 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।