आइतबार, साउन २४, २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा हुन सक्ने

मन्त्रिपरिषदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने बताइएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- मन्त्रिपरिषदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए।

सत्तारूढ पाँच दलका नेताहरूले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका विषयमा सहमति गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बताए। सत्तारूढ गठबन्धनको बैठकले छिटोभन्दा छिटो चुनावको घोषणा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको श्रेष्ठको भनाइ छ।

गठबन्धनको सुझाब अनुसार सरकारले आज चुनावको मिति तोक्न सक्ने बताइएको छ। प्रतिनिधिसभाबाट केही विधेयक पारित गर्नु पर्ने अवस्था भएकोले मिति तोक्ने वा नतोक्ने बारेमा प्रधानमन्त्रीको निर्णयमा भर पर्ने एक नेताले बताए।

निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो। 

प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए। 

सरकारले संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

प्रकाशित: Aug 04, 2022| 08:15 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...