शनिबार, मंसिर ६, २०८२

शारीरिक सुगठनमा रजत तथा कास्य पदक विजेतालाई नगद पुरस्कार

च्याम्पियनसिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री राजेशबाबु श्रेष्ठज्यूले एक समारोहकाबीच पुरस्कृत गरेका हुन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- हालै सम्पन्न ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको रजत र काश्य विजेतालाई नगद पुरस्कारले सम्मान गरिसकेको छ।

National life

च्याम्पियनसिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री राजेशबाबु श्रेष्ठज्यूले एक समारोहकाबीच पुरस्कृत गरेका हुन्। 

उनले व्यक्तिगत रुपमा रजत पदक विजेतालाई नगद एक लाख ५० हजार तथा कास्य पदक विजेतालाई नगद ७५ हजार पुरस्कार प्रदान गरे।

सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस संघका प्रथम उपाध्यक्ष श्री विजय लाल कायस्थज्यूले विजेता खेलाडीहरुलाई क्रमशः नगद २० हजार र १० हजार ले पुरस्कृत गरेका छन्। उक्त अवसरमा संघका उपाध्यक्ष श्री दिनेश राजभण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुलाई राष्ट्रले उचित कदर गर्नु पर्नेमा जोड दिए।

सोही कार्यक्रममा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेशनले संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको साइन्स एण्ड रिसर्च कमिटिको अध्यक्षमा मनोनित गरेको छ। यसकारण नेपालको शारीरिक सुगठन संघ एवं खेलको अझ उचाई बढेको महशुस गर्दै विश्व फेडेरेशनका अध्यक्ष दातुक पौल चुवालाई दक्ष एव योग्य व्यक्तिलाई उक्त पदमा मनोनित गरिएकोमा धन्यवाद ज्ञापन गरिएको छ। 

Laxmi sunrise bank
kumari

अब नेपालले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्शिप प्रतियोगिता आागामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौंमा आयोजना गर्दैछ र नेपाल एक न्यूट्रल भेन्यू भएकोले एशियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता हुने भएको छ।

प्रकाशित: Aug 04, 2022| 08:27 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।