मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लोकसेवा आयोगको उत्तरपुस्तिकामा परीक्षार्थीले फोन गर्नभन्दै मोबाइल नम्बर लेखेपछि...

लोकसेवा आयोगको उत्तरपुस्तिकामा परीक्षार्थीले फोन गर्नभन्दै मोबाइल नम्बर लेखेपछि...

कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

कर्णाली- प्रदेश लोकसेवा आयोग, कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ।

Kumaribank

आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४–५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी निवासी हिराराम रौलेका छोरा मास्टर आइडी १४०५७ र रोल ४४६६ का नवीनकुमार रेउलेलाई आयोगले दुई वर्षसम्म कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो।

आयोगको १६ गतेको बसेको बैठकले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुरमा रेउलेलाई आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए।

'परीक्षार्थी रेउलेले उक्त परीक्षा दिने क्रममा उत्तरपुस्तिकामा मोबाइल नम्बर लेखी फोन गर्न अनुरोध गरेको भेटियो,' प्रवक्ता खत्रीले भने, 'सो कसुर भेटिएकोले प्रदेश लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०७८ को दर्फा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम उनको परीक्षा रद्द गर्नुका साथै दुई वर्षसम्म उम्मेदवार हुनबाट रोक लगाउने निर्णय भएको छ।'

प्रकाशित: Aug 04, 2022| 07:52 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।