सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सात देश सम्मिलित प्रतियोगितामा खेल्न रग्बी टोली जकार्ता जाँदै

सात देश सम्मिलित प्रतियोगितामा खेल्न रग्बी टोली जकार्ता जाँदै

एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्दैछ। सात देश सम्मिलित प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल त्यसतर्फ जान लागेको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्दैछ। सात देश सम्मिलित प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल त्यसतर्फ जान लागेको हो।

खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्‍चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेल रहेका छन्।

जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ। राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ। नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए।

एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो। यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा सहभागिता जनाएको थियो। भारतको चेन्नइमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो। ब्रुनईमा नेपालले काजाकिस्तानमाथि जित रचेको थियो।

टिम व्यवस्थापकमा विनु खड्का, अफिसियलमा कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षकमा विनोद तामाङ तथा फिजियोमा लक्ष्मण अधिकारी छन्।

kumari

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रर राज श्रेष्ठ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे।


प्रकाशित: Aug 03, 2022| 19:20 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।