काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धन मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न सहमती भएको छ।
बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन गर्न सहमति जुटेको हो।
बैठकमा सहभागि एक नेताका अनुसार गठबन्धनमा सहमति जुटेसँगै भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन्।