शुक्रबार, वैशाख २८, २०८१

न्यान्सी पेलोसीसँग चीन किन यति धेरै आक्रामक?

अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यान्सी पेलोसीको यो भ्रमणलाई समर्थन नगरेको बताइएको छ। यस भ्रमणलाई लिएर चीन निकै रिसाएको छ र पेलोसीलाई रोक्नु बाइडेनको जिम्मेवारी भएको बताएको छ।
 |  बुधबार, साउन १८, २०७९

बीबीसी

बीबीसी

बुधबार, साउन १८, २०७९

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि अमेरिका र चीनबीचको तनाव उत्कर्षमा पुगेको छ। चीनले पहिले नै न्यान्सी पेलोसी ताइवान आइन् भने त्यसले नराम्रो परिणाम भोग्ने धम्की दिइरहेको थियो। 

triton college

न्यान्सीले ताइवान भ्रमण गर्दा किन चीन यति रिसाएको छ त? सन् १९८९ मा बेइजिङमा भएको ठूलो विरोध प्रदर्शनमा चिनियाँ सरकारले जबरजस्ती दमन गरेको थियो। दुई वर्षपछि १९९१ मा न्यान्सी पेलोसी चीनको तियानमेन स्क्वायर गएर तिनै प्रदर्शनकारीहरुले बोलिरहेका आवाजमा समर्थन जनाउँदै ब्यानर उठाएकी थिइन्। 

पेलोसीको बारेमा चीन किन यति आक्रामक र रिसाएको छ? यसमा कुनै गोप्य कुरा छैन। चीनले न्यान्सी पेलोसीमाथि झुट बोलेको आरोप लगाउँदै आएको छ।

चीनले स्वशासित ताइवानलाई छुट्टै प्रान्तको रुपमा हेर्ने गरेको छ। चीनले यो पनि भनिरहेको छ कि यदि आवश्यक परेमा ताइवानलाई चीनमा गाभ्न बल प्रयोग गर्न उ कुनै पनि बेला हिचकिचाउँदैन। ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने देशहरुका विरुद्धमा पनि चीनले धेरै आवाज उठाएको छ। न्यान्सी पेलोसी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसपछि अमेरिकी राष्ट्रपतिको दौडमा दोस्रो मानिन्छिन्। पेलोसी सन् १९९७ मा उनको पूर्ववर्ती न्युट गिङरिचको ताइवान भ्रमणपछि यस द्वीपको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता हुन्।

न्यान्सी पेलोसीको ताइवान भ्रमणको योजनाबारे छलफल भएको थियो तर औपचारिक रूपमा पुष्टि भएको थिएन। पेलोसी अमेरिकी कंग्रेसका पाँच सदस्यको प्रतिनिधिमण्डलसहित सिंगापुर, जापान, दक्षिण कोरिया र मलेसिया पुगेकी हुन्। मंगलबार राति नै न्यान्सीको नेतृत्वमा सोही प्रतिनिधिमण्डल पनि ताइवान पुगेको थियो।

corrent noodles
Metro Mart

अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यान्सी पेलोसीको यो भ्रमणलाई समर्थन नगरेको बताइएको छ। यस भ्रमणलाई लिएर चीन निकै रिसाएको छ र पेलोसीलाई रोक्नु बाइडेनको जिम्मेवारी भएको बताएको छ। सेनाले यो भ्रमण राम्रो नमानेकाले ह्वाइटहाउसले पेलोसीलाई रोक्ने प्रयास पनि गरेको बताइएको छ।

तियानमेन स्क्वायरमा न्यान्सीको भ्रमण

न्यान्सी पेलोसी बेइजिङको तियानमेन स्क्वायरमा कम्युनिष्ट पार्टीले प्रदर्शनकारीहरूलाई दमन गर्ने तरिकालाई लिएर निकै आक्रामक छिन्। तियानमेनमा न्यान्सी १९९१ मा पुगेकी थिइन्। त्यस भ्रमणका क्रममा पेलोसीले आफूसँगै आएका अमेरिकी कांग्रेसका दुई सदस्यभन्दा फरक अडान लिएकी थिइन्। पेलोसी यी दुईलाई बेइजिङमा छोडेर तियानमेन गइन्। यसका लागि उनले चिनियाँ आयोजकको अनुमति समेत लिएकी थिइनन्।

पेलोसीले तियानमेनमा एउटा ब्यानर फहराएकी थिइन्, जसमा लेखिएको थियो, 'चीनमा प्रजातन्त्रका लागि जसले ज्यान दिए तिनीहरुका लागि।' त्यसपछि प्रहरी पनि तुरुन्तै त्यहाँ पुगेर घटना कभर गर्ने पत्रकारहरुलाई समात्यो। त्यसपछि चीनको विदेश मन्त्रालयले पेलोसीको निन्दा गर्दै यसलाई पूर्वनियोजित तमासा भनेको थियो। त्यसपछि धेरै मानिसहरूले पेलोसीको अडानको आलोचना गरे।

बेइजिङस्थित सीएनएनका पूर्व ब्यूरो प्रमुख माइक चिनोयले विदेश नीतिमा लेख लेख्दै पेलोसीका कारण आफूलाई घटनास्थलमै पक्राउ गरिएको बताएका थिए। चिनोयले पेलोसीले तियानमेन स्क्वायरमा यस्तो केही हुन्छ भन्ने कुरामा आफूलाई कुनै जानकारी नभएको लेखेका छन्। चिनोयले आफू घण्टौंसम्म प्रहरी हिरासतमा रहेको लेखेका छन्। चिनोयले भनेका छन्, 'चीनको सत्तारुढ कम्युनिष्ट पार्टीप्रति पेलोसीको जुन अडान देखाइन् त्यो नै उनको परिचय भएको थियो।'

पेलोसीको पुरानै अडान

१९८९ मा पेलोसीले तियानमेन स्क्वायरमा भएको हिंसालाई लिएर संयुक्त राज्य अमेरिकामा निन्दाको प्रस्ताव ल्याउन आग्रह गरेकी थिइन्। यस हिंसालाई लिएर पेलोसीले लगातार चीनमाथि हमला गर्दै आएकी छिन्।

भर्खरै यसै वर्ष पेलोसीले तियानमेन स्क्वायरमा हिंसाको ३३औं वार्षिकोत्सवमा एक वक्तव्यन जारी गरेकी थिइन्। उनले त्यो विरोधलाई राजनीतिक साहसको सबैभन्दा स्पष्ट उदाहरणका रुपमा वर्णन गर्दै चीनको कम्युनिष्ट शासनलाई अत्याचारी भएको बताएकी छन्।

सन् २००२ मा चीनका तत्कालीन उपराष्ट्रपति हु जिन्ताओसँगको भेटमा पेलोसीले चारवटा पत्र हस्तान्तरण गर्ने प्रयास गरेकी थिइन्। ती पत्रहरुमा चीन र तिब्बतमा मानव अधिकारकर्मीहरूको गिरफ्तारीप्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई रिहा गर्न माग गरिएको थियो। यद्यपि, हुले ती पत्रहरु स्वीकार भने गरेनन्।

सात वर्षपछि पेलोसीले हुलाई अर्को पत्र पठाएको बताइएको छ। त्यसपछि उनी राष्ट्रपति बनेका थिए। उक्त पत्रमा पनि पेलोसीले राजनीतिक बन्दीहरुलाई रिहा गर्न माग गरेकी थिइन्। यी कैदीहरुमा लिउ जियाओबो पनि सामेल थिए। २०१० मा लिउले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए तर उनलाई अवार्ड लिन नर्वे जान दिइएन।

पेलोसीसँग चीनको रिस

पेलोसीले मानवअधिकार उल्लंघन भएको भन्दै चीनमा ओलम्पिक खेलकुद आयोजनाको लामो समयदेखि विरोध गर्दै आएकी छिन्। पेलोसीले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशलाई चीनमा भएको २००८ ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोह बहिष्कार गर्न माग गरेकी थिइन् तर राष्ट्रपति बुशले यसलाई वेवास्ता गरेका थिए।

यस वर्ष पनि पेलोसीले बेइजिङमा हुने शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको लागि अभियान नै चलाएकी थिइन् साथै पेलोसीले चीनमा वीगर मुस्लिमको मुद्दा पनि जोडदार रुपमा उठाउँदै आएकी छन्।

उनले शीतकालीन ओलम्पिक बहिष्कार गर्ने अभियानलाई वीगर मुस्लिमसँग जोडेकी थिइन्। अमेरिकाले यो पटक भने बेइजिङ शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गर्यो।

पेलोसीले बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कारको समर्थन गर्दै भनेकी थिइन्, 'चीनमा नरसंहार भइरहेको छ र यसैबीचमा विश्वभरका राष्ट्र प्रमुख जानेछन्। यस्तो अवस्थामा तपाईंलाई मानव अधिकारको कुरा गर्ने अधिकार हुने छैन।'

चीनस्थित अमेरिकी दूतावासका प्रवक्ताले अनावश्यक रुपमा चीनको आलोचना गर्नुको कुनै अर्थ नभएको बताएका थिए। पेलोसीले विश्व व्यापार संगठनमा मानवअधिकारको मुद्दामा पनि चीनलाई घेरेकी थिइन्। 

-बीबीसी हिन्दीबाट

प्रकाशित: Aug 03, 2022| 16:37 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।