मंगलबार, जेठ २६, २०८३

भाजपा मुख्यालय पुगेर निधिले भेटे चौथाइवाले

नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा भएको भेटमा आगामी दिनमा नेपाल–भारत एवं कांग्रेस र भाजपाबीचको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– कांग्रेस नेता विमलेन्द्र निधि र सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच बुधबार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा भएको भेटमा आगामी दिनमा नेपाल–भारत एवं कांग्रेस र भाजपाबीचको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको नेता निधिको सचिवालयले बताएको छ।

National life

भेटमा निधिले राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरेर प्रतिस्थापन गर्ने विषयमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धिमूलक भएको बताएका थिए।

भेटमा निधिले दुई देशबीचको आदिकालदेखिको सम्बन्धलाई दीर्घकालीन रूपमा थप बलियो बनाउने विश्वास व्यक्त गरेको उनले सचिवालयले जनाएको छ। चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्त्वपूर्ण हुने हुँदा यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। 

गत शुक्रबार अयोध्या पुगेका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले कार्यसमितिमा छलफल गरी सहमति गराउने वचन दिएका थिए।

प्रकाशित: Aug 03, 2022| 15:57 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...