मंगलबार, जेठ २६, २०८३

निर्वाचनको मिति तोक्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

शीर्ष नेता सम्मिलित गठबन्धन बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे छलफल हुँदै।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९
National life
Shivam cement

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन्।

दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए। बालुवाटार बैठकमा सम्भवतः आगामी प्रदेशसभा र संघीय निर्वाचनको मिति तय हुन सक्नेछ। 

गठबन्धन बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे छलफल भइरहेको परियारको भनाइ छ। बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।

प्रकाशित: Aug 03, 2022| 15:38 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...