सोमबार, फागुन १८, २०८२

मुख्य प्रशिक्षक थापाले हटाए महिला टोलीमा २३ खेलाडी

साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं- साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्। 

नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि मंगलबार ५८ खेलाडीबाट ३५ खेलाडीको टोली बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। ललितपुर स्थित एन्फा मुख्यालयमा जारी प्रशिक्षणबाट प्रशिक्षक थापाले २३ खेलाडीलाई हटाएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल खेल्ने तालिका रहेको छ। भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ।नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन्।

यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो तथा समूहचरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको पाँचौँ संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो। उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनु परेको थियो।

नेपालले ५ मध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित हुँदै आएको छ। भारतले पाँचवटै संस्करणको उपाधि जितेको छ । उता बंगलादेश चौथो संस्करणको उपविजेता हो।

kumari

प्रकाशित: Aug 02, 2022| 22:50 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।