बुधबार, जेठ २७, २०८३

चिनियाँ चेतावनीको बेवास्ता गर्दै ताइवान पुगिन् पेलोसी

अर्कोतर्फ चिनियाँ अधिकारीहरुले चिनियाँ सेना बोहाइ समुद्री क्षेत्रमा लाइभ फायर गरेको बताएका छन्। ग्लोबल टायम्सका अनुसार चिनियाँ म्यारीटाइम सेफ्टी एड्मिन्स्ट्रेसन, साङदोङ मेरिटाइम सेफ्टी एड्मिन्सट्रेसनले बोहाइ समुद्रको वेइफाङ बन्दरगाहमा लाइभ फायरको चेतावनी जारी गरेको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

ताइपेई- अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसी ताइवानमा उत्रिएकी छन्। चिनियाँ चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी मंगलबार राति ताइवान उत्रिएको वासिङ्टन पोस्टले जनाएको छ। स्थानीय समयानुसार पेलोसी मंगलबार राति १०:४४ बजे ताइपेईमा रहेको सोङसान विमानस्थलमा अवतरण गरेकी हुन्। 

National life

चिनियाँ अधिकारीले पेलोसीको ताइवान भ्रमणका सम्पूर्ण परिणामको जिम्मेवारी बाइडेन प्रशासनले लिनुपर्ने चेतावनी दिएको चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्समा भनिएको छ, 'यस्ता भ्रमणले बिग्रिएको चीन-अमेरिका सम्बन्धलाई थप अप्ठ्यारोमा पार्नेछ भने ताइवान र चीनको ध्वंशात्मक अवस्था सिर्जना गर्नेछ।' 

पेलोसीले ताइवान ल्यान्ड गर्नुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले स्वार्थपूर्ण रुपमा आगोसँग खेल्‍ने काम गरेको चेतावनी दिएका थिए। उनले भनेका थिए, 'ताइवानको प्रश्‍नले १.४ बिलियन चिनियाँ नागरिकसँग शत्रुता सुरु गर्नु हो। यसले राम्रो नतिजा ल्याउने छैन।' उनले संयुक्त राज्य अमेरिकाले आफ्नो प्रतिबद्धतालाई बिर्सिएको र ताइवानको मामिलामा विश्‍वासघात गरेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। 

पेलोसी ताइवान ल्यान्ड हुनुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइान भ्रमण गर्ने अथवा नगर्ने निर्णय पेलोसी स्वयंले नै गर्ने बताएका थिए। उनले भनेका थिए, 'अमेरिकी संसद् स्वतन्त्र हुन्छ। त्यसकारण संसद्‌को सभामुखले स्वतन्त्र निर्णय गर्नेछन्।' 

यसअघि पनि अमेरिकी सांसद्हरुले ताइवान भ्रमण गर्ने गरेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पेलोसीको भ्रमणको विषयलाई लिएर चीनले अनावश्यक तनाव सिर्जना गर्न खोजेको पनि बताएका थिए। 

Shivam cement

ताइपेईको सङसान विमानस्थलमा अवतरणको तयारीमा रहेको पेलोसी सवार अमेरिकी विमान। तस्बिर : एएफपी।

यसअघि चिनियाँ अधिकारीहरूले भने पेलोसीको ताइवान भ्रमणलाई अमेरिकी नीतिमा भएको परिवर्तनको रूपमा हेर्ने र वातावरणलाई उत्तेजित पार्न खोजेको रूपमा बुझिने बताएका थिए। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका थिए, 'यदि अमेरिकाले आफ्नो बाटो हिँड्न जोड दिन्छ भने चीनले दृढतापूर्वक प्रतिक्रिया दिन र त्यसको प्रतिरोध गर्न जोडदार कदम चाल्नेछ र हामी जे भन्छौं, त्यही गर्नेछौं।'

चीनले ताइवानलाई आफ्नो हिस्साको रुपमा मान्दै आएको छ भने ताइवानले आफू स्वतन्त्र मुलुक भएको दाबी गरिरहेको छ। अमेरिकालगायत पश्‍चिमा मुलुकहरुले पनि ताइवानलाई स्वतन्त्र मुलुकजस्तै व्यवहार गरिरहेका छन्। यसबाट चीन आक्रोशित बनेको हो। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले 'आवश्यक परेको अवस्थामा ताइवानलाई पुनर्एकीकरण गर्ने' बताएका थिए। 

तयारी अवस्थामा ताइवानको सुरक्षा संयन्त्र 
पेलोसी ताइपेई ओर्लिनुअघि नै ताइवानको सुरक्षा संयन्त्र तैनाथी अवस्थामा रहेको थियो। ताइवानको आधिकारिक समाचार संस्था सेन्ट्रल न्युज एजेन्सीलाई उदृत गर्दै वाशिङ्टन पोस्टमा भनिएको छ, 'ताइवानको सेनाले मंगलबार बिहानदेखि नै आफ्नो संयन्त्रलाई बलियो र थप सक्रिय बनाएको छ।' 

ताइवानको रक्षा मन्त्रालयले सेनाले सम्पूर्ण हवाई तथा समुद्री मार्गहरुको निगरानी गरिरहेको बताएको छ। भनेको छ, 'सेनाले 'दृढ संकल्प, पूर्ण क्षमता र आत्मविश्वासका साथ टापुको सुरक्षा सुनिश्चित गर्न सबै हवाई क्षेत्र र नौसैनिक गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको छ।'

अर्कोतर्फ चिनियाँ अधिकारीहरुले चिनियाँ सेना बोहाइ समुद्री क्षेत्रमा लाइभ फायर गरेको बताएका छन्। ग्लोबल टायम्सका अनुसार चिनियाँ म्यारीटाइम सेफ्टी एड्मिन्स्ट्रेसन, साङदोङ मेरिटाइम सेफ्टी एड्मिन्सट्रेसनले बोहाइ समुद्रको वेइफाङ बन्दरगाहमा लाइभ फायरको चेतावनी जारी गरेको छ। 

यता अमेरिकी रक्षा विभागका अधिकारीहरूले उक्त भ्रमणलाई लिएर चिनियाँ गतिविधिहरूको निगरानी गरिएको पनि जनाएका छन्। साथै यसका लागि उनीहरूले हाल निरन्तर काम गरिरहेको बताइएको छ।

पेलोसीको स्वागतमा उपस्थित ताइवानीहरु। तस्बिर : फक्स न्युज

ताइवानमै समर्थन र विरोध 

पेलोसी ताइवानमा ल्यान्ड भएसँगै राजधानी ताइपेइमा नै उनको पक्ष र विपक्षमा नाराबाजीहरु भएका छन्। उनका समर्थकहरुले उनको स्वागत गर्दै प्रदर्शन गरेकेा छन्। त्यसैगरी विरोधीहरुले भने उनको आलोचना गर्दै प्रदर्शन गरेका छन्। 

ताइवानमा उनका समर्थकहरुले उनी बस्‍ने होटलबाहिर 'अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसीलाई स्वागत' लेखिएका ब्यानरहरु समातेका छन्। तर, चीन समर्थित केही प्रदर्शनकारीहरुले भने विरोध गरेको फक्स न्युजले जनाएको छ। उनीहरुले ताइपेइमा रहेको ग्रान्ड हायात होटलबाहिर 'गेट आउट ट्राउवल मेकर न्यान्सी पेलोसी' लेखिएका ब्यानरहरु प्रदर्शन गरेका छन्।

पेलोसीको विरोधमा सहभागी भएको चीन समर्थकहरु । तस्बिर : फक्स न्युज।

अब के हुन्छ अवस्था? 
यसअघि पेलोसीले ताइवान भ्रमण गर्ने खबर सुनेलगत्तै चीन आक्रोशित बनेको थियो। चीन र अमेरिकाबीच विवाद जारी रहँदै पेलोसीले ताइवान भ्रमण गर्न लागेपछि चीनले अमेरिकी नीतिमा भएको परिवर्तनको रूपमा हेर्ने र वातावरणलाई उत्तेजित पार्न खोजेको रूपमा बुझिने बताएको थियो। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले भनेका थिए, 'यदि अमेरिकाले आफ्नो बाटो हिँड्न जोड दिन्छ भने चीनले दृढतापूर्वक प्रतिक्रिया दिन र त्यसको प्रतिरोध गर्न जोडदार कदम चाल्नेछ र हामी जे भन्छौं, त्यही गर्नेछौं।'

क्याब्रिज विश्‍वविद्यालयमा राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययनका अध्ययता मार्टिन ज्याक्सले यो निकै भयानक अवस्था भएको टिप्पणी गरेका छन्। अब भविष्य अनिश्चिततातर्फ धकेलिएको उनले बताएका छन्। ग्लोबल टाइम्समा प्रकाशिल लेखमा उनले भनेका छन्, 'विश्वास टुट्यो। नोभेम्बरमा अमेरिकी कंग्रेसको चुनावपछि वा सन् २०२४ मा हुने अर्को राष्ट्रपतीय निर्वाचनपछि सम्बन्धको अवस्था कस्तो हुनेछ भनी भविष्यवाणी गर्न असम्भव छ। न्यान्सी पेलोसीको यस हप्ता ताइवानको बहुचर्चित भ्रमणबाट सिर्जित अनिश्चितताले वर्तमानलाई अन्योलमा पुर्‍याएको छ। अमेरिका-चीन सम्बन्धको अत्यधिक तीव्र रूपमा अस्थिर अवस्थमा पुगेको छ।'

ताइपेईको सङसान विमानस्थलमा अवतरणको तयारीमा रहेको पेलोसी सवार अमेरिकी विमान। तस्बिर : एएफपी।

उनले दुई मुलुकबीचको सम्बन्धलाई थप बिग्रिन नदिने विकल्पहरु पनि नदेखिएको उनको टिप्पणी छ। उनले लेखेका छन्, 'यो एकदमै खतरनाक अवस्था हो। सम्बन्धले सबै भविष्यवाणीहरुलाई असफल तुल्याएको छ। जहाँ पहिले अमेरिका-चीन सम्बन्ध राम्रोसँग स्थापित र गहिरो पारस्परिक समझदारी र एकअर्काको हैसियतको सम्मानमा आधारित थियो, अहिले त्यस्तो छैन। सम्बन्धलाई अकस्मात् मोडिनबाट रोक्ने विकल्पहरु खुम्चिँदै गएका छन्।' 

गत बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच १ घण्टा १७ मिनेटसम्म वार्ता भएको थियो। त्यस क्रममा सीले पेलोसीको ताइवान भ्रमणको विषय पनि उठाएका थिए। र त्यसबारे आपत्ति जनाएका थिए। ताइवानको विषयलाई लिएर चीन र अमेरिकाको सम्बन्ध पछिल्लो समय थप बिग्रिँदै गएको छ। अमेरिकी डेमोक्रयाट पार्टीको नेतासमेत रहेकी पेलोसी चिनियाँ कम्युनिस्ट पार्टीको आलोचकको रुपमा पनि चिनिन्छिन्। उनले यसअघि तिब्बती धार्मिक नेता दलाइ लामालाई समेत भेट गरेकी थिइन्। यस्तै पेलोसीले दुई वर्षअघि हङकङमा चलेको प्रजातन्त्रवादीहरूको विशाल जनप्रदर्शनको पक्षमा पनि खुलेर बोलेकी थिइन्।

प्रकाशित: Aug 02, 2022| 21:46 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...