शनिबार, मंसिर ६, २०८२

बलियो टोली बंगलादेशविरुद्ध मैदानमा उत्रिँदै नेपाल

प्रतियोगिताको फाइनल पुग्ने झिनो आश तथा अघिल्लो खेलमा भारतसँगको हारलाई बिर्सिएर नेपाली टोली बंगलादेशविरुद्ध ‘गर या मर’को स्थितिमा छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– नेपालले मंगलबार (आज) भारतको भुवनेश्वरम्मा जारी साफ यू–२० प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा बलियो टोली बंगलादेशविरुद्ध खेल्दै छ। खेल नेपाली समयअनुसार बेलुकी सवा ४ बजेबाट सुरु हुँदै छ।

National life

प्रतियोगिताको फाइनल पुग्ने झिनो आश तथा अघिल्लो खेलमा भारतसँगको हारलाई बिर्सिएर नेपाली टोली मैदानमा उत्रिँदैछ। गर या मर को स्थितिमा रहेको नेपाल प्रतियोगिताको फाइनल पुग्ने सम्भावना न्यून छ तर सकिएको भने छैन। नेपाललाई मंगलबारको खेल जित्नुबाहेक अन्य विकल्प छैन। यदि नेपाल मंगलबार पराजित भए फाइनल पुग्ने सम्भावना सकिनेछ। प्रतिद्वन्द्वी बंगलादेश प्रतियोगिताको एक मात्र अपराजित टिम हो। यसले गर्दा आजको खेल जित्न नेपाललाई सहज पक्कै छैन। बंगलादेशले आफ्नो खेलमा साविक विजेता भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दर्बिलो छाप छाडिसकेको छ। प्रतियोगितामा बलियो देखिए पनि पछिल्ला वर्षको उमेर समूहलाई हेर्दा नेपाल बंगलादेशसँग अपराजित छ।

यसअघि भारतविरुद्ध खेल्नुअघि नेपाल फाइनल नजिक थियो। भारतलाई पराजित गरेको अवस्थामा नेपाल सोझै एक खेलअघि नै फाइनल पुग्ने सुनौलो अवसर थियो। तर भारतसँग ८–० को अप्रत्यासित पराजयसँगै नेपालको फाइनल समीकरण कठिन बन्न पुग्यो। लगातार दुई खेल जित्दै उच्च मनोबलका साथ मैदान उत्रिएको नेपाल भारतविरुद्ध निरीह बन्यो। भारतसँगको खराब प्रदर्शनपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मेघराज केसीले हारमा आफ्नो गल्ती रहेको र खेलाडीमा अनुभवको कमी रहेको स्वीकारेका छन्। पराजयपछि आफ्नो फेसबुकमा स्टाटस लेख्दै केसीले एन्फा र खेलाडीलाई दोष नदिनसमेत आग्रह गरे। 

उनले लेखेका छन्, ‘अझै पनि हामीलाई कम ब्याकका लागि केही दिन बाँकी छ। हामी प्रयास गर्नेछौं। यदि हामीले राम्रो नतिजा ल्याउन सकेनौं भने पदबाट राजीनामा दिनेछु। मेरो फाइदाका लागि देशको फुटबल डुबाउन सक्दिनँ। त्यसैले मैले सकिनँ भने फुटबलबाट अलग हुनेछु। एन्फा र खेलाडीलाई दोष नदिनुहोला। सबै दोष मेरो हो। टिममा क्षमतावान खेलाडी छन् तर उनीहरुसँग अनुभव कम भएका कारण यस्तो नतिजा आएको हो।’

भारतमा निर्भर नेपाल

Laxmi sunrise bank
kumari

केही दिनअघिसम्म भारतलाई प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनलमा स्थान सुरक्षित गर्न नेपालको नतिजाले फरक पार्थ्यो। अर्थात्, नेपालको नतिजाले असर गर्थ्यो, भारतलाई। तर अहिले परिस्थिति फेरिएको छ। नेपालले आफ्नो खेल जित्नैपर्ने दबाब त छँदै छ, भारतको नतिजामा निर्भर रहनेछ।

भारतले मंगलबार नै प्रतियोगिताबाट बाहिरिइसकेको कमजोर टिम माल्दिभ्सविरुद्ध खेल्दै छ। माल्दिभ्सविरुद्ध नेपालले उद्घाटन खेलमा ४–० को सानदार नतिजा निकाल्दै विजयी सुरुआत गरेको थियो। सोही हिसाबले ‘हेड टु हेड’ नतिजा हेर्ने हो भने माल्दिभ्सविरुद्ध भारत हाबी हुने देखिन्छ। भारत प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। तर त्यसपछिका दुई खेलमा सानदार जित निकाल्दै शीर्ष दुईको सम्भावना बलियो बनाएको छ।

बंगलादेश प्रतियोगितामा शतप्रतिशत नतिजाका साथ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। नेपाल र भारतले भने समान एक खेलमा पराजित हुँदै तीन खेलमा ६ अंक जोडेका छन्। गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा झरेको हो। शीर्ष दुईमा रहेका टिमको समान अंक भए गोल अन्तरलाई हेरिनेछ। 

नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएका कारण नेपाल ‘हेड टु हेड’मा गोल अन्तरले पछि परेको छ, जसले गर्दा भारतलाई फाइदा हुनेछ। मंगलबारको खेलमा माल्दिभ्सले भारतलाई हराए नेपालले बंगलादेशसँग बराबरी मात्रै खेल्दा पनि फाइनलमा पुग्नेछ। त्यसैले नेपाल, भारत र बंगलादेश तीन वटै देशको साफ फाइनल खेल्ने सम्भावना जीवितै छ। तर नेपालको हकमा भने आजका दुवै खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

प्रकाशित: Aug 02, 2022| 14:49 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।