शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • म्याग्दी पहिरो अपडेट : मृतकको संख्या पाँच पुग्यो, सबै एकै परिवारका

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या पाँच पुग्यो, सबै एकै परिवारका

म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।

National life

म्याग्दी जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर बिकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो। 

प्रहरीका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर बिक, उनकी पत्नी ३५ वर्षीया राममाया बिक, छोराहरु १५ वर्षीय नविन बिक, १३ वर्षीय राजन बिक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो।

सोही ठाउँमा पहिरोले अर्को घर पुर्दा २ जना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय गोठे बिक र उनकी ६५ वर्षीया पत्नीलाई घाइते अवसथामा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Aug 02, 2022| 12:13 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।