बिहीबार, असार ३२, २०८३

अमेरिकामा हुने खेल ला लिगा कप्तानद्धारा बहिस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अमेरिका- ला लिगा खेलाडी संगठन एएफइले अमेरिकामा हुने ला लिगा खेल योजना बहिस्कार गरेको छ। बिहिबार ला लिगा खेलाडीको संगठन एएफइको मुख्यालय मड्रिडमा बसेको ला लिगा कप्तानहरुको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकमा युएसमा हुने भनिएका ला लिगा खेलको चिन्ताका बिषयका छलफल भएको बताइएको छ। ला लिगाले गत शुक्रबार युएस मिडिया कम्पनीसँग १५ बर्षका लागि युएसमा खेल गर्न सम्झोता गरेको थियो।
 
स्पेनीस खेलाडी संघ एएफइका अनुसार यस सम्झौताका लागि खेलाडीसँग कुनै प्रकारको सल्लाह नभएको बताइएको छ। एएफइका अध्यक्ष डेविड अगान्जोसँग यस बिषयमा छफफल गर्नका लागि २० वटै ला लिगा टिमका कप्तान र प्रतितिनधीहरुको सहभागीता रहेको थियो। बैठाकमा रियल मड्रिडका कप्तान सर्जिओ रामोस, बार्सिलोनाका उप–कप्तान सर्जिओ बुस्केट, एट्लेटिको मड्रिड खेलाडी कोके लगायतको सहभागीता रहेको थियो।

एएफइका अध्यक्ष डेविडले समस्या सामान्य ज्ञानको कमी भएको बताएका छन्। उनले भने, ‘हामीले प्रबन्धकहरुसँग यसको बिषयमा मिलाउनु पर्ने देखिन्छ ।’ उनले थपे, ‘हामी त्यो बिषयका बारेमा कुरा गर्दै छौं। जसमा खेलाडीको सल्लाह बिना १५ बर्षको सम्झौता गरिएको छ।’ बैठक पछि लिगले ला लिगा स्पेन बाहिर खेल खेल्ने योजनाका लागि एएफइसँगै कुरा गर्ने बताएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।