आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • फर्जी मतदाता हटाउन माग गर्दै निर्वाचन कार्यालयअघि कांग्रेसको प्रर्दशन

फर्जी मतदाता हटाउन माग गर्दै निर्वाचन कार्यालयअघि कांग्रेसको प्रर्दशन

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ क्षेत्रीय समितिले नक्कली कागजातका आधारमा नामावली समावेश गरिएको नामावलीको निष्पक्ष छानबिनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजात बनाएर मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै नेपाली कांग्रेसले छानबिनको माग गरेको छ।

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४  क्षेत्रीय समितिले नक्कली कागजातका आधारमा नामावली समावेश गरिएको नामावलीको निष्पक्ष छानबिनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको हो।

२०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजारभन्दा बढी फर्जी मतदाताहरुले मतदान गरेको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानबिनलाई प्रभावकारी बनाउनका लागि भन्दै क्षेत्रीय सचिव बद्री भट्टराईले जानकारी दिए।

आगामी निर्वाचनमा फर्जी मतदाताको नाम हटाउनुपर्ने र कीर्ते काममा सहभागीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको उनको भनाइ छ। सचिव भट्टराईले नगरपालिकाको सरकारी छापको दुरुपयोग गरिएको, कार्यालय सचिवको हस्ताक्षर प्रयोग भएकाले फौजदारी संहिताअनुसार कारबाही गर्नुपर्ने आफूहरुको माग रहेको बताए।

माग सुनुवाई नभएसम्म जिल्ला निर्वाचन कार्यालयमा प्रर्दशन जारी राख्ने नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-४ क्षेत्रीय समितिको भनाइ छ। यसअघि बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको थियो।

प्रकाशित: Aug 01, 2022| 19:34 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...