सोमबार, असोज ८, २०८०

सुदूरपश्चिम : एक वर्षमा १ हजार ७९२ आपराधिक घटना, ३०१ जघन्य अपराध

नेपाल प्रहरी सुदूरपश्चिमका असार गत आवमा प्रदेशमा जघन्य अपराधका ३०१ र गम्भीर अपराधका २८४ घटना प्रहरीमा दर्ता भएका हुन्।
 |  सोमबार, साउन १६, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष ०७८/७९ मा १ हजार ७९२ आपराधिक दर्ता भएका छन्। नेपाल प्रहरी सुदूरपश्चिमका असार गत आवमा प्रदेशमा जघन्य अपराधका ३०१ र गम्भीर अपराधका २८४ घटना प्रहरीमा दर्ता भएका हुन्। सामान्य अपराधका ७८० र महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराधका ४२७ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

sagarmatha cement

अपराधका ती उजुरीअनुसार सबैभन्दा बढी १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिविरुद्ध उजुरी परेको छ। उक्त समूहका व्यक्तिहरूविरुद्ध ६३० उजुरी पर्दा बालबालिकाका विरुद्धका उजुरी २५७ वटा छन्। ४० देखि ६० वर्षमुनिका व्यक्तिविरुद्ध १२० मुद्दा दर्ता छन। 

सुदूरपश्चिम प्रहरीमा एक वर्षमा जघन्य अपराधका ३०१ घटना दर्ता भएका छन्। सोमध्ये १२० आपराधिक घटना बालबालिकाविरुद्धका छन्। १६४ घटनामा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई विपक्षी बनाइएको छ भने १९ जना ४० भन्दा बढी तर ६० वर्षमुनिका छन्। ४ मुछा ६० वर्षमाथिका व्यक्तिविरुद्ध छन्। 

कर्तव्य ज्यानका ५८ घटना दर्ता भएका छन्। प्रदेशमा अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएका छन् भने मानव बेचबिखन विरुद्धका ८ घटना दर्ता छन्। 

एक वर्षमा जबरजस्ती करणीका २३५ घटना दर्ता भएका छन्। जबरजस्ती करणीका घटनामा सबैभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका व्यक्ति संलग्न छन्। 

कर्तव्य ज्यानका ५८ घटना दर्ता भएका छन्। प्रदेशमा अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएका छन् भने मानव बेचबिखन विरुद्धका ८ घटना दर्ता छन्। 

प्रदेशमा एक वर्षको अवधिमा गम्भीर अपराधका २८४ घटना दर्ता भएका छन्। ज्यान मार्ने उद्योगका ७३, आत्महत्या दुरुत्साहनका ३०, गर्भ संरक्षणविरुद्धको कसुरको एक घटना, डाँकाचोरीमा चार, चोरीमा १७६ घटना दर्ता भएका छन्। गम्भीर अपराधमा सबैभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका छन्। सो समूहविरुद्धका घटना २०९ छन्। 

महिला बालबालिका तथा जेष्ठ नागरिकविरुद्ध अपराध पनि बढ्दै गएको प्रहरीले जनाएको छ। एक वर्षमा महिला बालबालिका तथा जेष्ठ नागरिकविरुद्धको अपराधका ४२७ घटना दर्ता छन्।

एक वर्षमा प्रदेशमा जबरजस्ती करणीका २३५, जबरजस्तीकरणी उद्योगका ८९, बहुविवाहका ७९, बाल विवाहका ५, अवैध गर्भपतनमा १, बोक्सी आरोपका १, जातीय छुवाछुतका चार, बालयौन दुराचारका १२ र अप्राकृतिक मैथुनको एक घटना दर्ता छन्।

प्रकाशित: Aug 01, 2022| 19:29 सोमबार, साउन १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।