भरतपुर- चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडक खण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएका हुन्।
घाइतेको उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम र सामान्य रहेको चितवन प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए। घाइतेहरु अधिकांश मुक्तिनाथ बिकास बैंक धादिङमा कार्यरत कर्मचारी रहेको उनले बताए।