बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनसम्बन्धी कानुन संविधानसम्मत बनाउन संसद‍्मा सार्वजनिक महत्वको प्रस्ताव

निर्वाचनसम्बन्धी कानुन संविधानसम्मत बनाउन संसद‍्मा सार्वजनिक महत्वको प्रस्ताव

आगामी निर्वाचनमा समानुपातिक समावेशी उम्मेदवार छनोट गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं– आगामी निर्वाचनमा समानुपातिक समावेशी उम्मेदवार छनोट गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

National life

सोमबार १२ जना महिला सांसदले प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिनका लागि प्रस्तावमा माग गरिएको छ। 

प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई छन्।

संघीय संसद् प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वबमोजिम महिला उम्मेदवारी दिनुपर्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ।


Shivam cement




प्रकाशित: Aug 01, 2022| 17:35 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...