काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाणले भेटघाट गरेका छन्।
पौडेलको निवास बोहोराटारमा भएको भेटमा कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग तथा समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने बारेमा छलफल भएको बताइएको छ।
समसामयिक राजनीति र पार्टीको संगठठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले जानकारी दिए।
केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारीका बारेमा छलफल गर्न सभापति शेरबहादुर देउवाले खाणलाई पौडेलकहाँ पठाएको बताइएको छ।