बुधबार, जेठ २७, २०८३

महँगीविरुद्ध कुर्लिंदै एमाले

सरकारको खाद्यवस्तुलगायतमा उच्च मूल्यवृद्धि गर्दा जीवन कष्टकर भएको दाबीसहित विरोधमा उत्रिँदै एमाले।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९
National life
Shivam cement

काठमाडौं– सरकार महँगी नियन्त्रणमा आँखा चिम्लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार विरोध प्रदर्शन गर्दै छ। सर्वोच्च अदालतको परमादेशपछि निर्माण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतमा उच्च मूल्यवृद्धि गर्दा जीवन कष्टकर भएको दाबी गर्दै एमालेले वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो।

दिउँसो २ बजे विरोध प्रदर्शन सुरु हुने एमालेले जनाएको छ। वसन्तपुरबाट सुरु हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभाग, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, सम्पर्क मञ्चलगायतको सहभागितामा विरोध प्रदर्शन गरिनेछ।

प्रकाशित: Aug 01, 2022| 12:20 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...