आइतबार, मंसिर २८, २०८२

कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालय घेराउ

प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। 

National life

नायब सुब्बा बचाउ अभियानको पहलमा हातमा विभिन्न नारा र मागहरु उल्लेखित प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। 

प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वन र सेवा प्रवाह गर्न सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न कार्यक्रम राखिएको अभियन्ता एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए। 

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राखिनुपर्ने, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा  ३० प्रतिशत र आन्तरिक/अन्तरतह प्रतिस्पर्धा २० प्रतिशत कायम गरिनुपर्ने मागर्दै कर्मचारीहरू आन्दोलित छन्।

यस्तै, सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान समावेश गरी यथासिघ्र संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गर्दै नायब सुब्बाहरुले विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 01, 2022| 10:32 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...