शुक्रबार, मंसिर १२, २०८२

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै

नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

रसुवा- हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या दिन प्रतिदिन बढ्न थालेको छ। नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो।

National life

जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

परिचयपत्रको कार्ड भने एक सय ५९ लाई मात्र वितरण भएको कार्यालयको भनाइ छ। विवरण भरिसकेका अधिकांश नागरिकको ‘कार्ड’ भने राष्ट्रिय परिचयपत्र विभागबाट प्राप्त गर्न बाँकी रहेको बताइएको छ। कम्प्युटर अभिलेखमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक भएका कारण सेवा प्रवाह चुस्त भएको हो।

यस्तै जिल्लामा राहदानी लिनेको सङ्ख्या पनि बर्सेनि बढ्न थालेको छ। गत आर्थिक वर्षमा एक हजार सात सय ६८ जनाले राहदानी लिएका थिए।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विगत वर्षमा राहदानी लिनेको संख्या पाँच सय ५३ रहेका थिए। कार्य सम्पादनको क्रममा ‘इन्टरनेट सिस्टम’ एवं विद्युत् सेवा अधिकांश समय अवरुद्ध भइरहने समस्याका कारण हिमाली क्षेत्र, भौगोलिक विकटतालाई मध्यनजर राख्दै अतिरिक्त समय सेवा प्रवाह गरिएको उनले बताए।

Laxmi sunrise bank
kumari

कार्यालयको अतिरिक्त समयमा समेत काम सम्पादन हुँदा सेवाग्राही खुशी छन्। जिल्लामा हालसम्म ४२ हजार चार सय ५९ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान भएको जनाइएको छ। जिल्लामा पछिल्लो समय वार्षिक सरदर दुई हजार स्थानीय बासिन्दाले नागरिकता लिने गरेको अभिलेखले देखाएको छ। गत वर्ष वैवाहिक अङ्गीकृत एकजना समेत कूल दुई हजार ५४ नागरिकता प्राप्त गरेका थिए।

जिल्लाभित्र पर्नसक्ने विपद्को उद्धार एवं राहतका पूर्वतयारी गरिएको र निर्माणाधीन विद्युत् आयोजनामा वार्ताको माध्यमबाट आइपर्ने समस्या समाधानमा सहजीकरण गर्दै आएको प्रजिअ जैसीले जानकारी दिए।

प्रकाशित: Aug 01, 2022| 09:27 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।