शनिबार, मंसिर ६, २०८२

इंग्ल्यान्डलाई पहिलो पटक युरो कपको उपाधि

इंग्ल्यान्डले घरेलु मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा जर्मनीलाई २-१ ले हराउँदै ऐतिहासिक उपाधि जितेको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- इंग्ल्यान्डले पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ। इंग्ल्यान्डले घरेलु मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा जर्मनीलाई २-१ ले हराउँदै ऐतिहासिक उपाधि जितेको हो।

National life

इंग्ल्यान्डलाई जित दिलाउनका लागि ई टोनी र सी केलीले गोल गरेका थिए। खेलको निर्धारित ९० मिनेटमा १-१ को बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो।

जहाँ सब्स्टिच्युटको रुपमा मैदान पसेकी केलीले ११०औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई पहिलो पटक युरो कप साथै पहिलो मूख्य प्रतियोगिताको उपाधि दिलाएकी हुन्। पोस्टमा गोल प्रहार गर्नुपूर्व उनले गोल ‘स्योर’ गरेर मात्र प्रहार गरेकी थिइन्।

सन् १९६६ को पुरुष विश्वकप फाइनलमा पनि जर्मनीलाई हराउँदै इंग्ल्यान्डले उपाधि जितेको थियो। त्यसको ५६ वर्षपछि इंग्ल्यान्डको महिला टिमले जर्मनीलाई हराएर उपाधि जितेको हो। उपाधि जितेपछि खेलाडी मैदानलाई चुम्दै उपाधि सेलिब्रेसन गरेका थिए। 

प्रकाशित: Aug 01, 2022| 09:01 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।